२०७४ को निर्वाचनमा जितेको स्थान दाबी गर्ने माओवादी केन्द्रको निर्णय
फाइल तस्वीर

माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा अघिल्लो निर्वाचनमा २०७४ चुनावी नतिजालाई आधार मानेर सत्ता गठबन्धनमा सिट दाबी गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिस डाँडामा शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले अघिल्लो निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट संख्यालाई आधार मानेर सत्ता गठबन्धनमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ स्थानमा जितेको थियो । यसअघि जितेको स्थानमा आफूले नै टिकट पाउनुपर्ने अडान लिने निर्णय गरेको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए । 

२०७४ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकता गरी बाम गठबन्धनको गठन गरेको थियो । यद्यपि, तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन सिट सुनिश्चित नभएपछि उनले गठबन्धन त्याग गरेका थिए । अन्तिममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी बाम गठबन्धन बनेको थियो ।

२०७४ को संघीय निर्वाचनमा प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको थियो । समानुपातिक तर्फको मतसमेत गरेर प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बनेको थियो ।

माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो भने समानुपातिक मतसमेत जोडेर तेस्रो स्थानमा थियो । यस्तै, नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो भने समानुपातिक मतसमेत जोड्दा कांग्रेस दोस्रो दल बनेको थियो ।



वाम गठबन्धनको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ५९ सिट पाएको थियो । जसमध्ये ३६ वटा निर्वाचन क्षेत्रमा मात्रै उसले जित हाँसिल गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट जित हात पारेका थिए । रोल्पा–१ बाट वर्षमान पुन, कञ्चनपुर–१ बाट बिना मगर निर्वाचित भएका थिए । 

रौतहट–३ बाट प्रभु साह, कैलाली–४ बाट लेखराज भट्ट, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । तर, अहिले उनीहरू नेकपा एमालेमा पुगेका छन् ।



माओवादी केन्द्रले २०७४ मा प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फ जितेका निर्वाचन क्षेत्रहरूः
१) ललितपुर–३, पम्फा भुसाल
२) रामेछाप–१, श्यामकुमार श्रेष्ठ
३) काभ्रे–१, गंगाबहादुर तामाङ
४) सिन्धुली–२, हरिवोलप्रसाद गजुरेल
५) सिन्धुपाल्चोक–१, अग्निप्रसाद सापकोटा
६) नुवाकोट–१, हितबहादुर तामाङ
७) चितवन–३, पुष्पकमल दाहाल प्रचण्ड
८) गोरखा–१, हरिराज अधिकारी
९) लमजुङ–१, देवप्रसाद गुरुङ
१०) वाग्लुङ–२, देवेन्द्र पौडेल
११) रुकुम (पश्चिम)–१, जनार्दन शर्मा
१२) सल्यान–१, टेकबहादुर बस्नेत
१३) जुम्ला–१, गजेन्द्रबहादुर महत
१४) कालीकोट–१, दुर्गाबहादुर रावत
१५) जाजरकोट–१, शक्तिबहादुर बस्नेत
१६) उदयपुर–२, सुरेशकुमार राई
१७) झापा–१, सुरेन्द्रकुमार कार्की
१८) भोजपुर–१, सुदन किराती
१९) मोरङ–५, शिवकुमार मण्डल (केवट)
२०) मोरङ–४, अमनलाल मोदी
२१) सोलुखुम्बु–१, हेमकुमार राई
२२) अर्घाखाँची–१, टोपबहादुर रायमाझी
२३) कपिलवस्तु–१, चक्रपाणी खनाल
२४) दाङ–२, कृष्णबहादुर महरा
२५) बर्दिया–२, सन्तकुमार थारु
२६) बाँके–१, महेश्वरजंग गहतराज (अथक)
२७) रोल्पा–१, वर्षमान पुन
२८) कञ्चनपुर–१, बिना मगर
२९) कैलाली–३, गौरीशंकर चौधरी
३०) कैलाली–४, लेखराज भट्ट 
३१) सिरहा–२, सुरेसचन्द्र दास
३२) धनुषा–१, मातृकाप्रसाद यादव
३३) रौतहट–३, प्रभु साह
३४) सर्लाही–३, रामेश्वर राय यादव
३५) महोत्तरी–१, गिरिराजमणी पोखरेल
३६) रुकुम (पूर्व)–१, कमला रोका

  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १७:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया