१५ वर्ष आफ्नो आयु थपिएको छ, अझै चुनाव लड्छु : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन्। गत साल गम्भीर बिरामी परेर निको भएपछि १५ वर्ष आयु थपिएको बताउँदै उनले आफूलाई अझ जवान अनुभूति भएकाले फेरि पनि इलामको क्षेत्र नं १ बाट चुनाव लड्ने बताए । 

आफ्नो निर्वाचन क्षेत्र इलामको क्षेत्र नं. १ जाने क्रममा शनिबार झापाको बिर्तामोडमा पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले आफू अझ सक्रिय भएर राजनीति गर्ने बताए। सत्ता गठबन्धनले गर्ने तालमेल स्थानीय तहको जस्तो भए त्यो अस्वीकार्य हुने उनले बताए।

चुनाव लड्नका लागि तालमेल र सिट बाँडफाँट भदौको पहिलो वा दोस्रो सातामै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । अब जनता धेरै सचेत भएकाले यसपटकको चुनावमा राजनीतिक दललाई जोखिम बढेको उनले बताए।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १८:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया