शनिबार फोहोरका १५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक २५० देखि ३५० गाडी पुर्‍याइने
सिसडोलको दुरावस्था बञ्चरेडाँडामा नदोहोर्‍याउने मेयर बालेन शाहको प्रतिबद्धता

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले शनिबार फोहोरका १५२ वटा गाडी बञ्चरेडाँडा पुगेका बताएका छन् । कुनै अवरोध नभएमा आइतबारबाट दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने मेयर शाहको भनाइ छ । 

उनका अनुसार काठमाडौंका ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिक रूपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्छ । नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ । 

उनले फोहोर विसर्जन गर्न सबैको सहकार्यको आवश्यकता रहेको पनि बताए । । 'यसका लागि अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालक तथा अवरोध खुलाउन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद छ' उनले भनेका छन् '

उनले सिसडोलको दुरावस्था बञ्चरेडाँडामा नदोहोर्‍याउने प्रतिबद्धता जनाए । उनले थुप्रिएका फोहोर व्यवस्थापन नभइ अन्य विकल्पमा जानु व्यावहारिक रूपमा कठिनाइ भएकाले बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइएको बताए ।

'सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरेमा दोहोर्याउने छैनौँ' उनले भने, 'थुप्रिएका फोहोरको व्यवस्थापन नभइ अन्य विकल्पमा जानु व्यावहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ ।'

उनले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजना आफूहरूसँग रहेको र त्यसलाई प्रयोगमा ल्याउनका लागि हदैसम्म प्रयास गरिने पनि बताए ।



'फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ' उनले भने ।




  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार २०:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया