जिल्ला प्रहरी कार्यालय परिसरभित्र बौद्ध चैत्य निर्माण

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ । कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो । 

प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार शान्तिको कामना गर्दै चैत्य निर्माण गरिएको हो । लमजुङमा गुरुङहरूको बाहुल्यता रहेको र उनीहरू बौद्ध धर्मावलम्बी रहेकाले उनीहरूलाई मध्यनजर गरी बनाइएको हो । 

लमजुङ र विश्व शान्तिका लागि उक्त बौद्ध चैत्य निर्माण गरेको बताए । चैत्यभित्र गौतम बुद्धको पाँच वटा पित्तलको मूर्ति राखिएको छ ।

उक्त चैत्य बनाउन क्व्होलासोंथर गाउँपालिकाले २ लाख रुपियाँ सहयोग गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले १ लाख रुपियाँ सहयोग गरेको छ । डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख, इन्जिनियर अच्युतविलास पन्तले ४ वटा पित्तलको मूर्ति सहयोग गरेका छन् । 

बेंसीशहर नगरपालिका ७ का निवर्तमान अध्यक्ष गोविन्द बस्नेतले बालुवा र गिट्टी सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका ७ का अध्यक्ष ऋषिराम बस्नेतले बालुवा सहयोग गरेका थिए





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार २१:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया