ब्राइटनविरुद्ध म्यानचेस्टर युनाइटेड ४–० ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति सम्पन्न खेलमा ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४–० को अग्रता बनाएको थियो । उसले सो अग्रता अन्तिमसम्म कायमै राख्यो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाइटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो समेत गोलविहीन रहे । 

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक/एक गोल गरे । जितपछि ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसंगै युनाइटेड पुछारमा छ । 

यस्तै, गएराति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् । सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४–० ले पराजित गर्‍यो । 

लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हरायो । यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाइटेडले २–२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।  





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ६:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया