मन्त्री चौधरी भने - देश विकासका लागि सबै मिल्न आवश्यक छ

सहरी विकास मन्त्री मेटमणि चौधरीले देशको विकास, निर्माण र समृद्धि ल्याउनको लागि सबै मिल्नुपर्ने धारणा राखेका छन् । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’

‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियन सम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले थपे ।

दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्धारी जोड्ने केबुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सुरु गरिने जनाए ।

मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारुकल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्रज्योती संघ, उद्यमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ८:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया