मेयर बालेनले भने - फोहोरका गाडी बञ्चरेडाँडा पुग्छन्,  दीर्घकालीन व्यवस्थापन हुन्छ

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर लिएर थप गाडी आजदेखि बञ्चरेडाँडा पुग्ने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने बताएका छन् ।

उनले १५२ वटा गाडी शनिबार नै बञ्चरेडाँडा पुगेको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने छन् । तर काठमाडौंको ७५ गाडी र त्यति नै मात्रामा अरू पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिक रूपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्छ,’ उनले लेखेका छन्, ‘यसैले नियमित अवस्थामा पुग्न केही समय लाग्नेछ । यसमा सबैको सहकार्यको आवश्यकता छ ।’

मेयर साहले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि हदैसम्मको प्रयास गरिने पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजनाहरू छन् र हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्रान्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ ।’ 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ९:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया