ब्रेन्टफोर्डसँगको हारपछि युनाइटेडका प्रशिक्षक भन्छन्– यस्तो नतिजाको अपेक्षा गरेको थिएन

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले आफूहरूले समर्थकलाई निराश बनाएकोमा दु:ख लागेको बताएका छन् ।  प्रिमियर लिगअन्तर्गत गए रातिको खेलमा ब्रेन्टफोर्डसँग ४–० ले पराजित भएपछि उनले समर्थकलाई निराश बनाएमा दु:ख लागेको बताएका हुन्  ।

‘टोलीले जिम्मेवारी लिनुपर्छ, समर्थकसँग माफी चाहन्छु । उनीहरूले हामीलाई समर्थन गर्न सबै गरे तर हामीले उनीहरूलाई निराश तुल्यायौँ,’ हागले भने ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा युनाइटेडले पहिलो हाफमै चार गोल खायो । यो हारसँगै क्लब पुछारमा छ । उसले पहिलो खेलमा ब्राइटनसँग २–१ को पराजय बेहोरेको थियो । 

मुख्य प्रशिक्षक हागले आफूले यस नतिजाको अपेक्षा नगरेको बताए । ‘हामी एक टोलीको रूपमा कठिन प्रक्रियामा छौं । तपाई फरक सुरुवातको अपेक्षामा हुनुहुन्छ ।  हामीले यस्तो अपेक्षा गरेक थिएनौं,’ उनले भने ।

हागले हारको जिम्मेवारी आफूले लिने र त्यसमा काम गर्ने समेत बताए ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १०:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया