चीनको ‘जासुस’ जहाजलाई श्रीलंका आउन अनुमति

श्रीलंकाले चिनियाँ जहाज ‘युवान वाङ ५’ लाई हम्बनटोटा बन्दरगाहमा आउन अनुमति दिएको छ । श्रीलंकाको विदेश मन्त्रालयले चिनियाँ जहाज युआन वाङ ५ लाई अगस्ट १६ देखि २२ सम्म हम्बनटोटा बन्दरगाहमा पोर्टिङका लागि स्वीकृत गरेको पुष्टि गरेको छ । 

अगस्ट ९ मा अन्तराष्ट्रिय सञ्चारमाध्यमहले चिनियाँ अनुसन्धान जहाज हम्बनटोटाको लागि प्रस्थान गरेको र बाटोमा रहेको बताएका थिए । चीनले युआन वाङ ५ लाई अन्तर्राष्ट्रिय ढुवानी र अनुसन्धान/सर्वेक्षण जहाजको रूपमा वर्णन गर्दछ, तर यसलाई दोहोरो प्रयोगको जासुस जहाज पनि भनिन्छ ।

हिन्द महासागरमा चीनको बढ्दो गतिविधिप्रति भारतले चासो देखाएको छ । यससँगै श्रीलंकामा चीनको प्रभाव जसरी बढ्दै गएको छ, र भारतका लागि चिन्ताको विषय बनेको छ ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ११:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया