हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेको छ । जसमा प्रदीप श्रेष्ठको एरेन्ज छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिङ रहेको गीतको भिडियोको निर्देशन निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।
आधुनिकशैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन् । काव्या श्रेष्ठको सहनिर्देशन रहेको भिडियोमा छायाङ्कन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।
भिडियोमा स्थानीय कलाकारहरू आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनीता थापा, विनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।