आइपिएल टोली राजस्थानका एक मालिकले थप्पड हानेको टेलरको खुलासा

न्यूजिल्याण्डका पूर्वकप्तान रोस टेलरले इण्डियन प्रिमियर लिग (आइपिएल) टोली राजस्थान रोयल्सका एक मालिकले आफूलाई थप्पड हानेको खुलासा गरेका छन् ।

सन् २०११ को आइपिएलका दौरान राजस्थानका एक मालिकले आफ्नो अनुहारमा तीन वा चार थप्पड हानेको टेलरले खुलासा गरेको क्रिकबजले जनाएको छ । 

गत सात प्रकाशित भएको आफ्नो आत्मकथा ‘ब्ल्याक एन्ड ह्वाइट’ मा टेलरले एउटा खेलका दौरान शून्य रनमा आउट भएपछि क्लबका मालिकले आफूलाई थप्पड हानेको खुलासा गर्दै मालिकले विस्तारै हिर्काएर रमाइलो माहोल बनाउने खोजेको बताए पनि त्यो केबल रामाइलोका मात्र नभएको बताएका छन् । 

मोहालीमा किंग्स–११ पञ्जाबविरुद्धको खेलमा १९५ रनको लक्ष्य पछ्याउँदा टेलर शून्य रनमा आउट हुन पुगे । त्यसपछि होटलको बारमा खेलाडी,व्यवस्थापक तथा कर्मचारीहरू भेला भएका थिए । 

‘राजस्थानका एक मालिकले हामीले शून्य रनमा आउट हुनका लागि तिमीलाई करोडौँ रकम नदिएको भन्दै मेरो अनुहारमा तीन वा चार पटक थप्पड हाने,’टेलरले लेखेका छन् ।

यस्तै, टेलरले न्युजिल्याण्ड क्रिकेटको जातीय भेदभावलाई पनि उजागर गरेका छन् । टेलरले आफूलाई राजस्थानको टोलीमा भारतीयको रुपमा व्यवहार गर्ने गरेको र बाँदर उपनामले जिस्काउने गरेको उल्लेख गरेका छन् ।



यति मात्र होइन,टेलरले आइपिएलका दौरान आफुले खराब शट खेल्दा टोलीका सदस्यहरुले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको तर अरुलाई त्यस्तो नभएको समेत आत्मकथामा जिकिर गरेका छन् ।



  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १३:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया