फोहोर व्यवस्थापन र महँगी नियन्त्रण गर्न पहलकदमी लिन सरकारलाई गठबन्धनको सुझाव
फाइल तस्वीर

सत्ता गठबन्धनको बैठकले सरकारलाई दुइटा विषयमा सुझाव दिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई दुइटा सुझाव दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पहलकदमी लिन सरकारलाई सुझाएको छ । त्यस्तै, महँगी नियन्त्रण गर्नका लागि अनुगमनलाई चुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिएको उनले बताए ।

उनले भने, 'सत्ता गठबन्धनको बैठकले सरकारलाई दुइटा सुझाव दिएको छ । पहिलो काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्नका लागि पहलकदमी लिन र दोस्रो महँगी नियन्त्रण गर्नका लागि अनुगमनलाई चुस्त प्रभावकारी बनाउन सुझाएको छ ।'





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १८:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया