लेखक सलमान रुस्दीमाथि भएको आक्रमणविरुद्ध अभिव्यक्ति दिएकी एक प्सिद्ध लेखिकालाई ज्यान मार्ने धम्की आएको छ । चर्चित हलिउड सिरिज ‘ह्यारी पोर्टर’की लेखिका जेके रोलिङलाई ट्विटरमार्फत ‘अब तिम्रो पालो’ भन्दै धम्की आएको हो ।
रुस्दीमाथि आक्रमण भएपछि रोलिङले गत शुक्रबार ट्विटरमार्फत निन्दा गरेकी थिइन् । उनले रुस्दीमाथि आक्रमण भएलगत्तै लेखेकी थिइन्, ‘यतिबेला निकै कठिन महसुस गरेकी छु । उनलाई मुक्त हुन देऊ ।’
असिफ अजिज नामक ट्विटर प्रयोगकर्ताले रोलिङलाई मेन्सन गर्दै अब तिम्रो पालो भन्दै लेखेपछि उनले ट्विटरको सहयोग मागेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।