इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु
फाइल तस्वीर

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । 

गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

आगलागीमा परी दर्जनौं घाइते भएका बताइएको छ । अग्‍नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । 

इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १९:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया