काठमाडाैं– असहमतिका बाबजुद चिकित्सा विधेयक पारित गरिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले बानेश्वरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले कांग्रेसका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कांग्रेस कार्यकर्ता डुजाङ शेर्पालाई नियन्त्रणमा लिएको हो ।
संसद्मा चिकित्सा शिक्षा विधेयक पारित भएपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसद्मा र सडकमा एकसाथ आन्दोलन गर्ने तयारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।