आज बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा वर्षाको सम्भावना
फरकधार / ३० साउन, २०७९

आज देशभर बदली हुने सम्भावना छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



राति प्रदेश–१, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा हुने अनुमान गरिएको छ । 

बुधबार प्रदेश–१, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।  





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ६:३४:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया