साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाविरुद्ध पुनरागमनसहित २–१ को जित निकाल्यो ।
१–० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक/एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।
जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गएराति नै भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।