इजिप्टमा चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु
फाइल फाेटाे

इजिप्टको राजधानीस्थित कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । राजधानीको म्बाबामा रहेको अबु सिफाइन चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको चर्चका अधिकारीले जनाएका छन् । 

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरूलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् । 

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । आगलागीको काराण् खुल्न बाँकी छ । कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् । 
 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ७:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया