सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

यसअघि बिहीबार बसेको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँटको सैद्धान्तिक समझदारी बनेको थियो ।

बिहीबारदेखि कार्यदलका सदस्यहरू आ–आफ्ना दलका शीर्ष नेताहरूसँग आन्तरिक छलफलमा थिए । आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी छ । 

मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

हालैको स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको मतको विश्वसनीयता प्रश्न उठाएका छन् ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार पार्न निर्देशन दिइसकेको छ । भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएपनि मापदण्डमा मतभेदका कारण भागबण्डा पेचिलो बनेको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १०:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया