पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।
तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या देशभर पाँच हजार ३८७ जना पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।