सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरुको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको छ । आइतबार नै गणपूरक संख्या नपुगेर दुईपटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको थियो ।
संसदलाई जनतामा जोड्न निकै मिहिनेत गर्नुपरेको स्मरण गराउँदै उनले तर, बैठकमा सांसद अनुपस्थित हुँदा विधेयक पारित गर्न समस्या भइरहेको बताए ।
संसदको गतिविधिलाई जनताले नियालिरहेको भन्दै उनले बैठकमा उपस्थित हुन पटक–पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक पास गर्न नसकिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।