बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार तीन विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाबाट पारित भएका तीनवटा विधेयकलाई प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यावस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसंधान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।