राष्ट्रपति भण्डारीलाई हेटौंडाका युवाले दिए धन्यवाद

हेटौंडाका युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन् । सरकारले प्रतिनिधिसभाबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता गरेका कारण राष्ट्रपतिलाई उनीहरुले धन्यवाद दिएका हुन् ।

सोमबार साँझ हेटौंडाको बुद्धचोकमा एक कार्यक्रम गर्दै उनीहरुले राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गरेका हुन् ।

सरकारले संसदबाट नागरिकता विधयेक पारित गरेसँगै उनीहरुले नागरिकता विधयेक राष्ट्रघाती भएको र नेपाली जनताको हितविपरीत भएको भन्दै विधयेक फिर्ता गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्दै आएका थिए ।





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २१:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया