भारतीय फुटबलमाथि फिफाको प्रतिबन्ध

फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसअघि दिइएको आफ्नो चेतावनी नमानेपछि फिफाले भारतमाथि प्रतिबन्ध लगाएको हो ।

फिफाले यसअघि अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई पटकपटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर, फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाले अदालतको आदेश हटे निलम्बन फुकुवा गर्नेछ । फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन । यसको प्रत्यक्ष असर यू–१७ महिला विश्वकपलाई पर्ने देखिएको छ ।

यू–१७ महिला विश्वकप आगामी अक्टोबर ११ देखि ३० सम्म भारतमा हुने तालिका छ । प्रतिबन्धसँगै अब यो विश्वकप पनि भारतबाटै अन्य देशमा सार्ने तयारी भएको छ ।    





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार ७:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया