नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आजदेखि सुरु हुँदैछ ।
नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेन्जर गण र अमेरिकी सेनाको टुकडीबीच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास सञ्चालन हुन लागेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो ।
नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।
तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी नेपाल आइसकेको निर्देशनालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।