ट्रम्पको आरोप : एफबीआईले मेरो पासपोर्ट चोर्‍यो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का एजेन्टहरूले ८ अगस्टमा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् ।

‘ओहो ! मार–ए–लागोमा एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए,’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् ।

रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो । तेस्रो विश्व !’ तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । 

संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ । 

एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो । 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार ७:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया