टानको अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित

पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाबाट आफ्ना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन् ।  

गएराति सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित बास्तोलाले ६ सय १६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कमल सापकोटाले २ सय ६४ मत प्राप्त गरे । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार बोधराज त्रिपाठीले ४४ मतमा सिमित हुन पुगेका थिए ।

यस्तै, टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सिना, सह–कोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  

 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार ९:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया