तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । 

मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला १ हजार २२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी १ हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।   





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १२:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया