गायिका स्मिता घिमिरेको निधन

गायिका स्मिता घिमिरेको निधन भएको छ । उनको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

घिमिरे तीन वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । यसअघि स्तन क्यान्सरबाट पीडित उनी शल्यक्रियापछि पूर्णरूपमा निको भएकी थिइन् । 

घिमिरेले थुप्रै नेपाली गीत गाउनुका साथै उपन्यास ‘हराएको मुस्कान’ समेत लेखेकी थिइन् । घिमिरे पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी समेत हुन् ।

उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ लगायत गीत रुचाइएका छन् भने ‘स्मि’ नाममा एल्बम समेत सार्वजनिक गरेकी थिइन् । 





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १२:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया