जसपाबाट प्रदेश सांसद निर्वाचित यादव एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित एक सांसद नेकपा एमाले प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित विजयबहादुर यादव एमाले प्रवेश गरेका हुन् । 

लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका उनलाई पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले कारबाही गरेको थियो । 

एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका उनलाई पार्टीले कारबाही गरेपछि उनको प्रदेशसभा सदस्य पद खोसिएको थियो । 

मंगलबार बाँकेमा आयोजित एक कार्यक्रममा यादवलाई एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमाले प्रवेश गराएका हुन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १७:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया