मन्त्री चौधरीले भने ‍- मुस्लिम समुदाय भर्‍याङ मात्र बन्नुभएन

सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’

सीमान्तकृत समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दाबी गर्नुहोस् ।’ कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यमिक तहका विद्यालयहरूलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए ।

 त्यसै गरी उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए । मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरीक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार ७:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया