सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो । बैठकले सिट बाँडफाँटबारे निर्णय लिन सक्ने बताइएको छ ।

गत २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । यसअघि बसेको उक्त कार्यदल बैठकले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने जिम्मेवारी संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो।

गत वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलहरूको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँट आधारका खाका प्रस्तुत गर्ने तयारी भइरहेको छ। 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार ८:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया