‘वर एण्ड वधू’को प्रदर्शन मिति तोकियो

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वर एण्ड वधू’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदो १९ फागुनबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।

यो फिल्ममा नायिका आँचल शर्मा र नव - नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायाङ्कनका केही तस्बिरसमेत निर्माण पक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म तयार भएको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । फिल्ममा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यस लगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन् ।

रोमान्टिक फिल्ममा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो फिल्म दर्शकका लागि प्रतीक्षामा रहने निश्चित छ ।  





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार ११:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया