कैलालीका ५७० उम्मेदवारले मात्र बुझाए खर्चको विवरण
फाइल तस्वीर

कैलालीमा गएको ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् । मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने भए पनि कैलालीका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । 

१३ स्थानीय तह रहेको कैलालीमा ३० वैशाखमा निर्वाचन सम्पन्न भएको निर्वाचनमा जिल्लाबाट ३ हजार ७३ उम्मेदवार रहेका मध्ये हालसम्म ५७० जनाले मात्रै उम्मेदवारले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए । 

उनले अहिलेसम्म ५७० जनाले मात्रै विवरण बुझाएको बताउँदै बाँकी २ हजार ५०३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको जनाए ।  कैलालीमा १३ स्थानीय तह रहेका छन् । खर्च विवरण बुझाउने ५७० मध्ये कार्यपालिका सदस्य पनि रहेको जनाइएको छ । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । उम्मेदवारले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानीय तह निर्वाचनसम्बन्धी २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । निर्वाचन खर्च नबुझाएकै कारण दलले आफ्नो गरिमा गुमाउँदै गएको जानकारको भनाइ छ । 

उम्मेदवारले मतपत्र खरिद, सवारी साधन तथा गाडी घोडाको प्रयोग, सवारी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायत विविध निर्वाचन खर्च विवरण पठाउनुपर्ने नियम छ । 

निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिए पनि आयोगले उक्त विवरण नबुझाउनेलाई कारबाही गर्ने जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १४:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया