कैलालीमा छ लाखले लगाए कोरोना भाइरसविरुद्धको खोप
फाइल तस्वीर

कैलालीमा झण्डै ६ लाखले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । जिल्लामा विभिन्न चरणमा सञ्चालन भएका खोप अभियानमा हालसम्म ५ लाख ९० हजार ८ सय २१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । 

जिल्लामा विभिन्न चरणमा सञ्चालन भएका खोप अभियानमा हालसम्म सो संख्याका नागरिकहरुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् । जिल्लामा ६ लाख ९५ हजार ३३६ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा र २ लाख ६८ हजार ६५१ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लाको मोहन्याल गाउँपालिकामा १३ हजार ५०१ जनाले खोपको पहिलो मात्रा,१० हजार ९१६ जनाले खोपको पूर्ण मात्रा र ८ हजार २०७ जनाले बुस्टर डोज,चुरे गाउँपालिकामा १४ हजार ९३० जनाले खोपको पहिलो मात्रा,११ हजार ४९६ जनाले खोपको पूर्ण मात्रा, ५ हजार ३१० जनाले बुस्टर डोज र गोदावरी नगरपालिकामा ७८ हजार ३५३ जनाले खोपको पहिलो मात्रा,६८ हजार ८२२ जनाले पूर्ण खोप र २३ हजार ४८१ जनाले बुस्टर डोज लगाएका छन् ।

त्यसैगरी, गौरीगंगा नगरपालिकामा ४८ हजार ८४७ जनाले खोपको पहिलो मात्रा,३९ हजार ४४७ जनाले खोपको पूर्ण मात्रा,१८ हजार ६७४ जनाले बुस्टर डोज,घोडाघोडी नगरपालिकामा ६३ हजार ३१६ जनाले खोपको पहिलो मात्रा,५३ हजार ५६३ जनाले खोपको पूर्ण मात्रा,२५ हजार ३०३ जनाले बुस्टर डोज र बर्दगोरिया गाउँपालिकामा २७ हजार ४५७ जनाले खोपको पहिलो मात्रा,२३ हजार ७० जनाले खोपको पूर्ण मात्रा र १० हजार १७३ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी, लम्कीचुहा नगरपालिकामा ६४ हजार ६९५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा,५६ हजार ४२० जनाले खोपको पूर्ण मात्रा,२६ हजार ७५२ जनाले बुस्टर डोज,जानकी गाउँपालिकामा ३७ हजार २९८ जनाले खोपको पहिलो मात्रा,३१ ह्जार ५७८ जनाले खोपको पूर्ण मात्रा ,१५ हजार ९७८ जनाले बुस्टर डोज र जोशीपुर गाउँपालिकामा २८ हजार ५०३ जनाले खोपको पहिलो मात्रा,२४ हजार ७० जनाले पूर्णखोप र १३ हजार ५४६ जनाले बुस्टर डोज लगाएको जनाइएको छ ।

त्यसैगरी, टीकापुर नगरपालिकामा ७७ हजार ४२३ जनाले खोपको पहिलो मात्रा,६३ हजार ८९२ जनाले खोपको पूर्ण मात्रा,२८ हजार ३९१ जनाले बुस्टर डोज,भजनी नगरपालिकामा ४० हजार ८७८ जनाले पहिलो मात्रा, ३३ हजार ७० जनाले खोपको पूर्ण मात्रा, १५ हजार ९०५ जनाले बुस्टर डोज,कैलारी गाउँपालिकामा ३९ हजार १७५ जनाले पहिलो मात्रा, ३४ हजार ६९२ जनाले खोपको पूर्ण मात्रा, २० हजार ४१७ जनाले बुस्टर डोज र धनगढी उपमहानगरपालिकामा १ लाख ६० हजार ९६० जनाले पहिलो मात्रा, १ लाख ३९ हजार १५३ जनाले खोपको पूर्ण मात्रा र ५६ हजार ५१४ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य कार्यालय कैलाली जनाएको छ । जिल्लाभरी खोप लगाउने काम हाल जारी रहेकाले छुटेकाहरूले खोप लगाउन कार्यालय प्रमुख धामीले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १७:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया