नगरप्रमुखले गरे आफ्नो तलबबाट अक्षयकोष स्थापना

पर्वत– कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिकाको १४ वडास्थित आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महिनाबराबरको तलब ७० हजारबाट अक्षयकोष स्थापना गरेका छन् । 

विद्यालयको ५७औँ वार्षिकोत्सवको अवसरमा उनले पहिलोपटक अक्षयकोष स्थापना गरेर रकम सहयोग गरेका हुन् । उनले यसअघि नगरपालिकाभित्रका विपन्न, असहाय विद्यार्थीको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीलाई उपचारलगायत कार्यमा सहयोग गर्दै आएका छन् ।
 
आफू निर्वाचित भएको झन्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफूले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताए । उनले कुश्मालाई नेपालकै नमुना नगरपालिकाका रुपमा विकास गर्न थालिएको बताउँदै अब नगरका सबै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिँचाइलगायत पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताए । 





  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १५:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया