प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सोसम्बन्धी आफ्नो हालसम्मको प्रगतिविवरण शीर्ष तहमा बुझाउने भएको छ ।
कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
शीर्ष तहमा प्रगतिविवरण बुझाएपछि बस्ने बैठकले सोबारे आवश्यक निर्णय गर्ने पनि कार्य दलले जनाएको छ । गठबन्धनमा रहेका सबै दललाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँड गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्यसमेत रहेका मन्त्री कार्कीले अब बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पुर्उने बताए ।
माओवादी केन्द्रको चुनाव चिह्न हसिया र हथौडाबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने कार्कीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।