लमजुङ जिप दुर्घटना अपडेट : १५ घाइते, एकको अवस्था गम्भीर

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मर्स्याङ्दी गाउँपालिका २ का वर्ष ५३ की इन्द्रदेवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

घाइते हुनेहरुमा मर्स्याङ्दी २ का वर्ष ५२ का चित्रबहादुर गुरुङ, वडा नम्बर ६ का वर्ष  २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, वर्ष २ का रिजन विक, वर्ष २५ का सोमनाथ विक यस्तै मर्स्याङ्दी २ का  वर्ष  ५६ का सुनमाया गुरुङ,  वर्ष १९ का रेखा विक, वर्ष ३१ का बुद्धिबहादुर गुरुङ, वर्ष ७ का राजिप गुरुङ, वर्ष ३४ का शिवकुमारी गुरुङ, वर्ष २ का रियन्स गुरुङ, वर्ष ३० की मनु विक, वर्ष ४ की कृतिका विक र वर्ष ३१ का शेषबहादुर गुरुङ रहेका छन् । घाइतेको अवस्था सामान्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश सिर्मलले बताए ।

घटनास्थलमा स्थानीय, स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाइते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए ।  जिप चालक मर्स्याङ्दी गाउँपालिका २ बस्ने वर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार २१:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया