सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ ।
चुनाव आगामी मंसिर ४ गते तय भएको छ । कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो ।
कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।