मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिए
फाइल तस्बिर

हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा  विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।  

मनाङमा सबै भन्दा धेरै कृषि तथा वन पैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वन पैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ । 

गत वर्ष जिल्लामा ५२ उद्योग नवीकरण भएको छ भने पाँच उद्योगको नामसारी,  ६ वटा उद्योगको  पुँजी वृद्धि, तीन वटाको नाम परिवर्तन र दुई उद्योगको लगत कट्टा गरिएको कार्यालय प्रमुख पौडेलले बताए । 
 
यसै गरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नवीकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशीलता विकास तालिम र ६७ जनालाई सिप विकास तालिम दिएको  छ । 

कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निर्माण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ८:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया