बलात्कार आरोपी क्याम्पस प्रमुख नेगी कारागार चलान
फाइल तस्बिर

बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

कैलालीकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटन बैतडीमा उनि विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन् । कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी ती महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो ।

२० असारमा पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप बताइएको छ । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले असार २७ गते नै पदबाट राजीनामा दिइसकेका छन् ।  





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १३:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया