सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन
फाइल तस्वीर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिए । 

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उनले भने, ‘विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’

उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्द्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत मन्त्री पौडेलले निर्देशन गरे ।  

शिक्षक सेवा आयोगको नियमावली संशोधन पश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिएबमोजिम काम छिटो सम्पन्न गर्न आग्रह गरे । विद्यालय समायोजनलागतयका काम सक्रियतापूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिए । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १६:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया