नागरिकता विधेयकलाई 'पेन्डिङ'मा राख्न सकिँदैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब पेन्डिङमा राख्न नसकिने बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले नागरिकता विधेयकलाई अब रोक्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

सहमति जुट्न सकेन भन्दै पेन्डिङमा राखौं भनेर प्रश्न उठिरहेको बताउँदै उनले अब त्यो रोक्न नसकिने बताएका हुन् । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिकका आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाणले बताए ।

विधेयक थाती राख्दा प्रताडित नागरिकको संख्या बढ्ने र उनीहरूको ऊर्जा सकिँदै जाने खाणको भनाइ छ । ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान्,’ 

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा सात वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाणको भनाइ छ ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १८:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया