नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएको लैंगिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले लैंगिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताए । उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे । उनले अहिलेको विधेयकले कतिपय आवश्यकतालाई नछुने पनि बताए ।
उनले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि उनले बताए । सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि उनले बताए । उनले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको उनले बताए । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने उनले बताए ।
संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताउँदै सांसद थापाले संविधान संशोधन गरेर भए पनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।