सुरेश बडालको दोस्रो कृति ‘मायाका मसिना अक्षर’को लोकार्पण

लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ ।

प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो । सबै कुरा प्रविधिमैत्री भएको सन्दर्भमा पुरानो शैलीबाट भइरहेको पुस्तक विमोचनलाई प्रविधिको प्रयोगबाट गर्ने नौलो कोशिश फाइनप्रिन्टले गरेको हो ।

उत्कृष्ट कृतिका रूपमा बडालको ‘मायाका मसिना अक्षर’ आएको लेखक सुविन भट्टराईले बताए । उपन्यासको भाषाले तानेको उनको भनाइ छ ।  

प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए ।  प्रेम गराउने होइन, प्रेम बुझाउने कथा लेख्न मन लागेकाले नै आफूले यो उपन्यास लेखेको लेखक बडालले जनाए । 

फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर बडाल परम्परागत नेपाली खानेकुरामा शोध अनुसन्धान र शिक्षण गर्छन् । 

युवा केन्द्रित विषयमा लेख्न रूचाउने उनका विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा कविता, कथा, निबन्धलगायत रचना प्रकाशित छन् । कथासङ्ग्रह रहर प्रकाशन गरिसकेका उनको मायाका मसिना अक्षर पहिलो उपन्यास हो ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १९:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया