‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दै छ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औँ संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।

समाचारअनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैयाँ पारिश्रमिक लिँदै छन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।

यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैंयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।

‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुनेछ । केही दिनअघि मात्र यस सिजनको सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो । 





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १२:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया