फौजको रूपमा प्रस्तुत हुन वाइसिएललाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल​) लाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार वाइसिएल​को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । 

देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा सङ्घर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए । 





  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १४:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया