अमेरिका र ताइवानले व्यापार वार्ता गर्दै

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।  पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । 

बजार सहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ । २१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो ।

दुवै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन् ।  ‘हामी एउटा महत्त्वाकाङ्क्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१औँ  शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’ अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्ति मार्फत भनेकी छन् ।

‘हामी एउटा महत्त्वाकाङ्क्षी तालिका पछ्याउने योजनामा छौँ जसले २१ औँ शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ,’ संयुक्त राज्य अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले विज्ञप्तिमा भनिन् । सन् २०२० मा ताइवान र अमेरिकाबीच झन्डै १०६ अर्ब डलर बराबर भएको थियो । 





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार ७:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया