उत्तरी अल्जेरीयाको जंगलमा डढेलो, २६ जनाको मृत्यु

उत्तरी अल्जेरीयाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए ।

हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ पनि आगो निभाउने प्रयास गरिरहेका थिए । विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन् । उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ ।

सेतिफमा ज्यान गुमाएका ५८ वर्षीया आमा र उनकी ३६ वर्षीया छोरीको नाम भने खुलाइएको छैन । तर, त्यहाँका अधिकारीहरूले दर्जनौँ घर र गाउँमा आगो फैलिएको बताएका छन् ।

उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित भएको छ । गत १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो । 





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार १२:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया