फिनल्याण्डकी प्रधानमन्त्रीले फिनल्याण्डका पपस्टारसँग नेता नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताएकी छन् ।
एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सान्ना मारिन यस हप्ता आलोचनामा परेकी थिइन् । भिडियोमा उनी पार्टीमा नाचेको देख्न सकिन्छ ।
भिडियो देखेपछि केही राजनीतिज्ञहरूले उनलाई लागुऔषधको लागि परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।
शुक्रबार एक पत्रकार सम्मेलनमा मारिनले आफूले परीक्षण गरेको र त्यसको नतिजा अर्को साता आउने आशा व्यक्त गरिन् । प्रधानमन्त्रीले आफूले कहिले पनि लागुऔषध सेवन गरेको नगरेको बताएकी छिन् ।
‘मैले गैरकानुनी केही गरेकी छैन्’, उनले हेलसिंकीमा पत्रकारहरूलाई भनिन् । ‘मेरो किशोरावस्थामा पनि मैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिन’, मारिनले थपिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।